भजनसंग्रह 144:1-2
भजनसंग्रह 144:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो रक्षक, परमप्रभुको प्रशंसा गर! उहाँले मलाई लडाइँको लागि तालिम दिनुहुन्छ र युद्धको लागि मलाई तयार पार्नुहुन्छ। उहाँ मेरो रक्षक र बचाउनुहुने, मेरो आश्रय र मुक्तिदाता हुनुहुन्छ र आफ्नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्दछु। उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्छ।
भजनसंग्रह 144:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ। उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ।
भजनसंग्रह 144:1-2 पवित्र बाइबल (NERV)
परमप्रभुको प्रशंसा गर, परमप्रभु मेरो चट्टान हुनुहुन्छ। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो। परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु, परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।