YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 144:1-15

भजनसंग्रह 144:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ। उहाँ मेरा करुणामय परमेश्‍वर र मेरो किल्‍ला हुनुहुन्‍छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्‍छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्‍छ। हे परमप्रभु, मानिस के हो, र तपाईंले त्‍यसको वास्‍ता गर्नुहुन्‍छ? मानिसको छोरा को हो, र तपाईं त्‍यसको विचार गर्नुहुन्‍छ? मानिस त एक मुट्ठी सासजस्‍तो मात्र छ, त्‍यसको आयु ढलिजाने छायाजस्‍तो मात्र छ। हे परमप्रभु, आफ्‍नो स्‍वर्गलाई खोल्‍नुहोस्‌ र तल ओर्लनुहोस्‌, पहाड़हरूलाई छुनुहोस्‌, र तीबाट धूवाँ निक्‍लिआओस्‌। बिजुली चम्‍काउनुहोस्‌ र मेरा शत्रुहरूलाई छिन्‍नभिन्‍न पार्नुहोस्‌। आफ्‍ना बाण छोड्‌नुहोस्‌ र तिनीहरूलाई लखेटिदिनुहोस्‌। उच्‍च स्‍थानबाट आफ्‍नो हात पसार्नुहोस्‌, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस्‌ र छुटाउनुहोस्‌, जसका मुख झूटा कुराहरूले भरिएका छन्‌, र जसका दाहिने हात कपटपूर्ण छन्‌। हे परमेश्‍वर, म तपाईंको निम्‍ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्‍तुति गाउनेछु, तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्‍छ, जसले आफ्‍नो दास दाऊदलाई घातक तरवारबाट बचाउनुहुन्‍छ। मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्‌ र छुटकारा दिनुहोस्‌। जसका मुख झूटा कुराहरूले भरिएका छन्‌, र जसका दाहिने हात कपटपूर्ण छन्‌। तब हाम्रा छोराहरू तिनीहरूका युवावस्‍थामा मौलाउँदा रूखहरूजस्‍तै हुनेछन्‌, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्‍तम्‍भहरूजस्‍ता हुनेछन्‌। हाम्रा धनसारहरू हरकिसिमका अन्‍नहरूले भरिनेछन्‌, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्‌नेछन्‌, हाम्रा खेतमा ती लाखौँ हुनेछन्‌। हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्‍नेछन्‌। हाम्रा पर्खालहरू फोरिनेछैनन्‌, न हामी बन्‍दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्‌नेछ। ती मानिसहरू धन्‍यका हुन्‌, जसका जीवनमा यी आशिष्‌हरू छन्‌। यस्‍ता मानिसहरू धन्‍यका हुन्‌, जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्

भजनसंग्रह 144:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ। उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ। हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्। हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्। बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्! उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्। जसका मुख झूटले भरिएका छन्, जसका दाहिने हात छली छन्। हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु, उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ। तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। हाम्रा धनसारहरू हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्; हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन। धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!

शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्

भजनसंग्रह 144:1-15 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर, परमप्रभु मेरो चट्टान हुनुहुन्छ। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो। परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु, परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ। हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ? मानिसको जीवन हावाको झोंका मात्र हो। मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो। हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ। परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्। परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्। मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्। हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक, कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु। म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु। परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो। मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्। हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्। हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्। हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्। हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्। हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्, र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्। हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन। साँच्चो आशिष पाउनु कति असल कुरा हो। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने, ती मानिसहरू आशिषित हुन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्

भजनसंग्रह 144:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरो रक्षक, परमप्रभुको प्रशंसा गर! उहाँले मलाई लडाइँको लागि तालिम दिनुहुन्‍छ र युद्धको लागि मलाई तयार पार्नुहुन्‍छ। उहाँ मेरो रक्षक र बचाउनुहुने, मेरो आश्रय र मुक्तिदाता हुनुहुन्‍छ र आफ्‍नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्‍दछु। उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्‍छ। हे परमप्रभु, मानिस को हो र तपाईंले त्यसको वास्ता गर्नुहुन्‍छ? मरणशील मानिसलाई किन ध्‍यान दिनुहुन्‍छ? ऊ एक मुट्ठी सासझैँ छ, उसको आयु हटिजाने छायाँजस्‍तो छ। हे परमप्रभु, आकाश फारेर तपाईं ओर्लनुहोस्, पर्वतहरूलाई छुनुहोस् र तिनीहरूले धुवाँ निकाल्‍नेछन्। बिजुली चम्‍काउनुहोस् र आफ्‍ना शत्रुहरूलाई छिन्‍न-भिन्‍न पार्नुहोस्; काँड हानेर तिनीहरूलाई धपाउनुहोस्। माथिबाट ओर्लनुहोस्, गहिरा पानीबाट तानेर मलाई निकाल्‍नुहोस् र मलाई बचाउनुहोस्; विदेशीहरूको शक्तिबाट मलाई छुटकारा दिनुहोस्। ती विदेशीहरूले कहिल्‍यै साँचो कुरा गर्दैनन् र किरिया खाएर पनि झूटा बोल्‍छन्। हे परमेश्‍वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु, म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु। राजाहरूलाई तपाईंले विजय दिनुहुन्‍छ र आफ्‍नो दास दाऊदलाई बचाउनुहुन्‍छ! मेरा निष्‍ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्‍यै सत्‍य नबोल्‍ने र किरिया खाएर पनि झूट बोल्‍ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्। हाम्रा छोराहरू आफ्‍ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्‍ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्‍बाहरूजस्‍ता हाम्रा छोरीहरू होऊन्! हाम्रा भकारीहरू हरेक प्रकारका अन्‍नले भरिऊन्। हाम्रा भेडाहरूले हजारौं-हजार गरेर बच्‍चा ब्याऊन्। गाई-वस्‍तुहरूको गर्भ नतुहोस् र धेरै ब्याऊन्। हाम्रा सडकहरूमा दु:ख-कष्‍टका हाहाकार नसुनिओस्! जुन देशमा यी कुराहरू सत्‍य भएका छन्, त्‍यो देश खुसी देश हो। जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू खुसी होऊन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्