YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 143:7-10

भजनसंग्रह 143:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु। हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु। तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:7-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु। हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु। मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्‍याऊन्!

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:7-10 पवित्र बाइबल (NERV)

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्। मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्। परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु, मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्। तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें। हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्। तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्‍यु-लोकमा गएको जस्‍तै म हुनेछु। हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्‍दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्‍दछ, मैले हिँड्‍नुपर्ने बाटो मलाई देखाइदिनुहोस्। हे परमप्रभु, म आफ्‍नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्। तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्‍याउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:7-10

भजनसंग्रह 143:7-10 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्