भजनसंग्रह 139:1-4
भजनसंग्रह 139:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
भजनसंग्रह 139:1-4 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ। म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ। परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ। हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
भजनसंग्रह 139:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र चिन्नुहुन्छ। मैले गरेका सबै काम तपाईंले जान्नुहुन्छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्नुहुन्छ। म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्नुहुन्छ, तपाईंले मेरा सबै काम जान्नुहुन्छ। मेरो ओठ खोलिनुभन्दा अघि नै मैले के भन्न लागेको छु, सो तपाईंले जानिसक्नुभएको हुन्छ।