भजनसंग्रह 135:15-18
भजनसंग्रह 135:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्, ती सब मानिसहरूका हातले बनिएका हुन्छन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन्, तर देख्न सक्दैनन्। तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्। तिनीहरूले सास फेर्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्, अनि तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्।
भजनसंग्रह 135:15-18 पवित्र बाइबल (NERV)
अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए। ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे। ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे। ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे। तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
भजनसंग्रह 135:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जाति-जातिका देवताहरू सुन र चाँदीले बनेका छन्, मानिसका हातले ती बनाएका हुन्। तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्, तिनीहरू सास फेर्न पनि सक्दैनन्। ती बनाउने र तिनमा भरोसा गर्नेहरू आफूले बनाएका मूर्तिहरूजस्तै होऊन्!