भजनसंग्रह 127:3-5
भजनसंग्रह 127:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्। योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्, त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
भजनसंग्रह 127:3-5 पवित्र बाइबल (NERV)
शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो। आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्। जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष, उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।
भजनसंग्रह 127:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
छोरा-छोरीहरू परमप्रभुका दान हुन्, तिनीहरू साँचो आशिष् हुन्। युवावस्थामा जन्मेका छोराहरू वीरका हातमा भएका काँडजस्ता हुन्। आफूसँग यस्ता काँड धेरै भएको मानिस प्रसन्न रहन्छ। न्याय गरिने ठाउँमा आफ्ना शत्रुहरूसँग भेट हुँदा कहिल्यै उसको हार हुनेछैन।