भजनसंग्रह 121:1-4
भजनसंग्रह 121:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन। साँच्ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्नुहुन्छ न सुत्नुहुन्छ।
भजनसंग्रह 121:1-4 पवित्र बाइबल (NERV)
सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ। परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन। इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न।
भजनसंग्रह 121:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पर्वतहरूतिर म आफ्ना आँखा उचाल्दछु। मेरो सहायता कहाँबाट आउनेछ? स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट मेरो सहायता आउनेछ। उहाँले तँलाई लोट्न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्छ। इस्राएलका रक्षक न कहिल्यै उँघ्नुहुन्छ न निदाउनुहुन्छ।