भजनसंग्रह 119:97-120
भजनसंग्रह 119:97-120 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु। धर्म-गुरुहरूको भन्दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु। तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग्ग राखेको छु। तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ठ छन्, महभन्दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्। तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु। तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो। मैले यो शपथ खाएर दृढ़ सङ्कल्प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्यादै पीडित भएको छु, हे परमप्रभु, आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्। हे परमप्रभु, मेरो मुखबाट स्वेच्छाले निस्केको स्तुति-प्रशंसा ग्रहण गर्नुहोस्, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्। मेरो प्राण निरन्तर जोखिममा रहन्छ, तापनि म तपाईंको व्यवस्था बिर्सन्नँ। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ। तपाईंका कानूनहरू सदाकालको निम्ति मेरा मूल्यवान् सम्पत्ति भएका छन्। तिनले मेरो हृदयलाई हर्षित तुल्याउँछन्। तपाईंका विधिहरू एकदमै अन्त्यसम्म पालन गर्न मैले अठोट गरेको छु। दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्यवस्थासँग म प्रेम राख्तछु। तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकूँ। तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्नुहोस्, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्। मलाई थाम्नुहोस् र म बाँच्नेछु। तपाईंका विधिहरूलाई म निरन्तर आदर गर्नेछु। तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि तिनीहरूको छल व्यर्थको ठहर्छ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु। तपाईंको भयमा मेरो शरीर काम्दछ, तपाईंका नियमहरूले म भयभीत हुन्छु।
भजनसंग्रह 119:97-120 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु। तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु। सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु। तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु। तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्! तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु। तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो। मैले शपथ खाएर त्यसलाई पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु। मैले ज्यादै कष्ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्! मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ। तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो। तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ। दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु। हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ! मेरा परमेश्वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्! मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु। तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु। तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु।

भजनसंग्रह 119:97-120 पवित्र बाइबल (NERV)
हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ। म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु, किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु। मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु। मेरो प्रत्येक पाठशालाहरू बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो। यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन। तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्। तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु। हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्। तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु। हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्! हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्। अनि तपाईंका नियमहरू सिकाउनु होस्। मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन। दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ। हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ। म मेरो जीवनको अन्त सम्म नै, सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु। हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु। मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु। हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्, अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु। हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्। परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु। हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले। परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु। हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
भजनसंग्रह 119:97-120 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तपाईंको व्यवस्थालाई कति प्रेम गर्दछु! म दिनभरि त्यसको बारे सोच्दछु। सबै समय तपाईंको आज्ञा मसित छ र मलाई त्यसले मेरा शत्रुहरूभन्दा बुद्धिमान् बनाउँदछ। मेरा गुरुहरूले भन्दा धेरै म बुझ्दछु किनभने म तपाईंका अर्तीहरूमा ध्यान दिँदछु। बुढापाकाहरूको भन्दा बढ्ता बुद्धि मसँग छ किनभने म तपाईंका आज्ञाहरू मान्दछु। मैले खराब बानीहरू लिएको छैनँ किनभने म तपाईंको वचन मान्न चाहन्छु। मैले तपाईंका अर्तीहरूलाई हेला गरेको छैनँ किनभने तपाईं नै मेरो शिक्षक हुनुहुन्छ। तपाईंका अर्तीहरूको स्वाद कति मीठो छ, त्यो महभन्दा मीठो छ। म तपाईंका व्यवस्थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु। तपाईंको वचन मलाई अगुवाइ गर्ने बत्ती र मलाई बाटो देखाउने ज्योति हो। तपाईंका उचित अर्तीहरू मान्न मैले गरेको गम्भीर प्रतिज्ञा म पूरा गर्नेछु। परमप्रभु, मेरा दु:ख-कष्ट साँच्चै डरलाग्दा छन्, आफ्नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्नुहोस्। हे परमप्रभु! मेरो धन्यवादको प्रार्थना ग्रहण गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म सधैँ आफ्नो जीवन खतरामा हाल्न तयार छु, मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ। दुष्ट मानिसहरूले मलाई पासो थाप्छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु। तपाईंका आज्ञाहरू मेरो अनन्तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्। म नमरुञ्जेलसम्म मैले तपाईंका व्यवस्थाहरू मान्ने निश्चय गरेको छु। जसको तपाईंमाथि पूरा भक्ति छैन, म तिनीहरूलाई घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु। तपाईं नै मलाई बचाउने र मेरा रक्षक हुनुहुन्छ, म तपाईंको प्रतिज्ञामा आफ्नो आशा राख्दछु। पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्वरका आज्ञाहरू मान्नेछु। आफ्नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस् र म जिउनेछु, मेरो आशामा मलाई निराश नपार्नुहोस्। मलाई समातेर थाम्नुहोस् र म कुशल रहनेछु र सधैँ म तपाईंका आज्ञाहरूमा ध्यान दिनेछु। तपाईंका व्यवस्थाहरू नमान्नेलाई तपाईं अस्वीकार गर्नुहुन्छ, तिनीहरूका छलले भरिएका युक्तिहरू बेकामका छन्। सबै दुष्टहरूलाई तपाईंले कसिङ्गरजस्तै गर्नुहुन्छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु। तपाईंको डरको कारणले मेरो शरीर काम्दछ तपाईंका न्यायको कारणले ममा डर भरिएको छ।