YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:17-24

भजनसंग्रह 119:17-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो दासको उपकार गर्नुहोस्‌, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु। मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ। म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌। तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ। तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌। गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:17-24 पवित्र बाइबल (NERV)

मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्नसकौं। हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:17-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफ्‍नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्‍नेछु। मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्‍यवस्‍थामा उदेकका सत्‍यताहरू देख्‍न सकूँ। म थोरै समयको लागि यस पृथ्‍वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्‍न चाहन्‍छु, ती जान्‍नलाई मेरो मन छट्‌पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्‍छ, तपाईंको आज्ञा नमान्‍नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्‍यवस्‍थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्‍द पाउँदछु, तिनमा मैले सल्‍लाहका कुरा पाउँदछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्