भजनसंग्रह 119:145-160
भजनसंग्रह 119:145-160 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म आफ्नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्नेछु! म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्यवस्थाहरू पालन गर्नेछु। घाम झुल्कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु। रातभरि म तपाईंका शिक्षाहरूमा ध्यान गर्न जागा रहन्छु। हे परमप्रभु! तपाईंको अनन्त प्रेमको कारणले मेरो बिन्ती सुन्नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंको व्यवस्था कहिल्यै नमान्ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्। तर तपाईं मेरो नजिक हुनुहुन्छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्। उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्तकालको लागि राख्नुभएको छ। मेरो दु:ख-कष्ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्यवस्थालाई हेला गरेको छैनँ। मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। दुष्टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्यवस्थाहरू मान्दैनन्। हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्! मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्यवस्थाहरू मान्न छोडेको छैनँ। जब म ती विश्वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्दैनन्। हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्। तपाईंको व्यवस्था सत्य छ र तपाईंका सबै धार्मिक न्यायहरू अमर छन्।
भजनसंग्रह 119:145-160 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्छन्। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। कुचेष्टा रच्ने दुष्टहरू नजिक आइसकेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढ़ा छन्। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्छ, र तपाईंका सबै आज्ञाहरू सत्य छन्। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून् भनी स्थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, किनकि तपाईंको व्यवस्था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्, र मलाई छुटाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्। दुष्टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्। हे परमप्रभु, तपाईंको दया-दृष्टि अति महान् छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। मलाई सताउने शत्रुहरू अनेक छन्, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्, र तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्।
भजनसंग्रह 119:145-160 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु। म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु। म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्ला रहन्छन्। तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्। हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्। धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ। मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ। मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्। हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ। विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्।

भजनसंग्रह 119:145-160 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्। परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ। म ती विश्वास घातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्, र म तिनीहरूलाई घृणा गर्छु। हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।