भजनसंग्रह 118:22-26
भजनसंग्रह 118:22-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं। हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं।
भजनसंग्रह 118:22-26 पवित्र बाइबल (NERV)
जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो। परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं। आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं! मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर! परमप्रभुले हामीलाई बचाउनु हुन्छ! परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”
भजनसंग्रह 118:22-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
घर बनाउनेहरूले बेकामको भनेर फ्याँकेको ढुङ्गाचाहिँ शिर-ढुङ्गा भएको छ। यो परमप्रभुले गर्नुभएको हो; यो कति उदेकको कुरा छ! आज परमप्रभुको विजयको दिन हो, हामी आनन्द गरौं र उत्सव मनाऔं। हामीलाई बचाउनुहोस्, परमप्रभु, हामीलाई बचाउनुहोस्! हामीलाई सफल गराउनुहोस्, हे परमप्रभु! परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्वरले आशिष् देऊन्, परमप्रभुको मन्दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्छौं।