भजनसंग्रह 116:1-6
भजनसंग्रह 116:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो, करुणाको निम्ति मेरो पुकार सुन्नुभयो। उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु। मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्।” परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
भजनसंग्रह 116:1-6 पवित्र बाइबल (NERV)
जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ, त्यो मलाई मन पर्दछ। जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ, त्यो मलाई मन पर्छ। म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ। तब मैले परमेश्वरको नाउँको पुकारा गरें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!” परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
भजनसंग्रह 116:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म परमप्रभुलाई प्रेम गर्दछु किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्नुहुन्छ। म जति पल्ट उहाँलाई पुर्कादछु, उहाँले मलाई सुन्नुहुन्छ। मेरा चारैपट्टि मृत्युको खतरा थियो, मृत्युको डरले मलाई छोप्न आउँदथ्यो मलाई पूरा डर र चिन्ता परेको थियो। त्यस बेला मैले परमप्रभुलाई पुकारें– “परमप्रभु, म बिन्ती गर्दछु, मलाई बचाउनुहोस्!” परमप्रभु असल र कृपालु हुनुहुन्छ। हाम्रा परमेश्वर दयालु हुनुहुन्छ। परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो।