भजनसंग्रह 115:1-11
भजनसंग्रह 115:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्वसनीयताको खातिर तपाईंको आफ्नै नाउँको महिमा होस्। जातिहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्वर कहाँ छन्?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्। आँखा छन्, तर देख्न सक्दैनन्। कान छन्, तर सुन्न सक्दैनन्। नाक छन्, तर सुँघ्न सक्दैनन्। हात छन्, तर छाम्न सक्दैनन्। खुट्टा छन्, तर हिँड्न सक्दैनन्। तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्। र तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इस्राएलको घराना, तिमीले परमप्रभुमा भरोसा राख— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनको वंश, परमेश्वरमा भरोसा राख्— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। तिमीहरू, जो परमप्रभुको भय मान्छौ, उहाँमा भरोसा राख: तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ।

भजनसंग्रह 115:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्! राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्वर कहाँ छन्?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्। तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्; तिनीहरूका कान त छन्, तर सुन्न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्; हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्। मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
भजनसंग्रह 115:1-11 पवित्र बाइबल (NERV)
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो। किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्। परमप्रभु स्वर्गमा हुनुहुन्छ। अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ। ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्। ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्। तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्। तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्। तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन् तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन् तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन् अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्। ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्, तिनीहरू त्यस्तै हुन्छन्! हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्। हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ। हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
भजनसंग्रह 115:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्लैलाई, हामीलाई होइन, महिमा होस्, तपाईंको अन्नत प्रेम र विश्वासयोग्यताको कारण! किन जातिहरूले हामीलाई सोध्छन्, “तिम्रा परमेश्वर कहाँ हुनुहुन्छ?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तिनीहरूका देवताहरू मानिसका हातले सुन र चाँदीबाट बनाएका हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्; नाक छन् तर सुन्न सक्दैनन्, तिनीहरूका हात छन् तर छाम्न सक्दैनन्; खुट्टा छन् तर हिँड्न सक्दैनन्। तिनीहरूले अलिकति आवाज पनि निकाल्न सक्दैनन्। ज-जसले ती मूर्तिहरू बनाए र तिनमा भरोसा राख्छन्, तिनीहरू ती मूर्तिहरूजस्तै हुनेछन्। हे इस्राएलका प्रजा, परमप्रभुमाथि भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। परमेश्वरका पूजाहारीहरू हो, तिमीहरू परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। उहाँलाई पुज्नेहरू सबै परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ।