भजनसंग्रह 111:1-3
भजनसंग्रह 111:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा गर। मेरो सम्पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्च पार्नेछु। परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्। उहाँका काम महिमामय र वैभवशाली छन्, र उहाँको धार्मिकता सदाकाल रहिरहन्छ।
भजनसंग्रह 111:1-3 पवित्र बाइबल (NERV)
परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु। परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ। मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ। परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
भजनसंग्रह 111:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको प्रशंसा गर! उहाँका मानिसहरूको सभामा म आफ्नो पूरा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु। परमप्रभुले गर्नुभएका कामहरू कति उदेकका छन्! तीसँग प्रसन्न हुनेहरू सबैले ती बुझ्न चाहन्छन्। उहाँले जे गर्नुहुन्छ, आदर र गौरवले भरिएका हुन्छन्, उहाँको धार्मिकता अनन्त छ।