भजनसंग्रह 104:5-7
भजनसंग्रह 104:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वी कहिल्यै नडग्मगाओस् भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो। तपाईंले त्यसलाई वस्त्रझैँ गहिरो समुद्रले ढाक्नुभयो, अनि पहाड़हरू माथि-माथिसम्म जल पुग्यो। तर तपाईंको खप्कीमा पानी भागिहाल्यो, तपाईंका गर्जनको आवाजमा त्यो तुरुन्तै हटिगयो।
भजनसंग्रह 104:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो; त्यो कहिल्यै डगमगाउनेछैन। तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो; पानी पर्वतहरूमाथि पुगेको थियो। तर तपाईंको हप्कीमा पानी भागे, तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए
भजनसंग्रह 104:5-7 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन। तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए। तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
भजनसंग्रह 104:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले पृथ्वीलाई दरिलो गरेर त्यसका जगमा बसाल्नुभएको छ र त्यो कहिल्यै हल्लनेछैन। त्यसलाई महासागरले खास्टोले झैँ ढाक्नुभएको छ र पर्वतहरूलाई पानीले छोप्नुभएको छ। तपाईंले पानीलाई हकार्नुहुँदा ती भागे, तपाईंको आज्ञाको स्वर सुनेर ती हतारसाथ हटिगए।