भजनसंग्रह 103:13-16
भजनसंग्रह 103:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ। किनभने उहाँ जान्नुहुन्छ, हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ, अनि बतास त्यस फूलमाथि भएर जान्छ, र त्यो विलीन हुन्छ, र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन।
भजनसंग्रह 103:13-16 पवित्र बाइबल (NERV)
परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ, जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ। परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ। हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्,। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
भजनसंग्रह 103:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एउटा बुबा आफ्ना छोरा-छोरीहरूसँग जति दयालु हुन्छ, आफ्ना आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ। हामी केले बनिएका छौं, उहाँले जान्नुहुन्छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्तै छ, जङ्गली फूलझैँ हामी फुल्दछौं र बढ्छौं; तब हावा त्योमाथि बहन्छ र त्यो उडि जाँदछ र त्यसलाई फेरि कसैले देख्दैनन्।