भजनसंग्रह 102:26-28
भजनसंग्रह 102:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू सबै वस्त्रझैँ थोत्रा भइजानेछन्। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्! तर तपाईं त एकैनासका हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य नै हुँदैन। तपाईंका सेवकहरूका सन्तान तपाईंको सम्मुख वास गर्नेछन्, र तिनका सन्तान तपाईंको सामुन्ने स्थिर रहनेछन्।”
भजनसंग्रह 102:26-28 पवित्र बाइबल (NERV)
संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिवर्तन हुनेछन्। तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ। हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
भजनसंग्रह 102:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरू हराइजानेछन्, तर तपाईं रहिरहनुहुनेछ, तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्। कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ र तिनीहरू हराउनेछन्। तर तपाईं सदासर्वदा एकनास हुनुहुन्छ। तपाईंको जीवनको अन्त छैन। हाम्रा छोरा-छोरीहरू कुशलका साथ बाँच्नेछन् र तपाईंको सुरक्षामा तिनका सन्तानहरू निर्धक्क रहनेछन्।