भजनसंग्रह 102:25-27
भजनसंग्रह 102:25-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिकालमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै बाहुलीको कृति हो। तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू सबै वस्त्रझैँ थोत्रा भइजानेछन्। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्! तर तपाईं त एकैनासका हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य नै हुँदैन।
भजनसंग्रह 102:25-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्। तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्। तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।
भजनसंग्रह 102:25-27 पवित्र बाइबल (NERV)
धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो। संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिवर्तन हुनेछन्। तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
भजनसंग्रह 102:25-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुरुमा तपाईंले पृथ्वी सृजनुभयो, आफ्नै हातले आकाश बनाउनुभयो। तिनीहरू हराइजानेछन्, तर तपाईं रहिरहनुहुनेछ, तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्। कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ र तिनीहरू हराउनेछन्। तर तपाईं सदासर्वदा एकनास हुनुहुन्छ। तपाईंको जीवनको अन्त छैन।