हितोपदेश 8:32-35
हितोपदेश 8:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्। मेरो अर्ती सुन र बुद्धिमान् होओ, त्यसको अवहेलना नगर। त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ। किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्त गर्छ।
हितोपदेश 8:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्। मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर, त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ। किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
हितोपदेश 8:32-35 पवित्र बाइबल (NERV)
“अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्। मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर। जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्। किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
हितोपदेश 8:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर् र तिमीहरू सुखी हुनेछौ। तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्यसलाई हेला नगर। जसले मेरा कुरा सुन्छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्छ, त्यो खुसी हुनेछ। मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ र परमप्रभु त्योसित खुसी हुनुहुन्छ।