हितोपदेश 8:27-32
हितोपदेश 8:27-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले आकाशलाई पृथ्वीमाथि फैलाउनुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्यहाँ हाजिर थिएँ। उहाँले पृथ्वीको जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ। म उहाँको छेउमा शिल्पकारझैँ दिनहुँ उहाँलाई आनन्द दिँदै, उहाँको उपस्थितिमा आफैं पनि प्रसन्न हुँदै सारा पृथ्वीसित नै आनन्दमा र मानव-जातिसित सन्तुष्ट थिएँ। “हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर् र तिमीहरू सुखी हुनेछौ।
हितोपदेश 8:27-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा, म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें। उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्दित हुँदै म मानव जातिमा प्रसन्न रहन्थें। अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्।
हितोपदेश 8:27-32 पवित्र बाइबल (NERV)
जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ। जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ। उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा। म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें। म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु। “अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्।