YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:1-36

हितोपदेश 8:1-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? बाटोका उच्‍च ठाउँहरूमा, चौबाटोमा त्‍यो खड़ा हुन्‍छ, सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ: “हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु। हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर। सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्‍न म मेरो मुख खोल्‍छु। मेरो मुखले साँचो कुरा बोल्‍दछ, किनभने मेरा ओठले दुष्‍टता घृणा गर्छन्‌। मेरो मुखका सबै वचनहरू न्‍यायपूर्ण छन्, तिनीहरूमध्‍ये कुनै पनि बाङ्गोटिङ्गो छैन। विवेकशील व्‍यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्‍ति ती खोटरहित छन्‌। चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज, किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन। म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌। परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु। सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌। मद्वारा नै राजाहरू राज्‍य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्, र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्‍नेहरूले मलाई भेट्टाउँछन्‌। मसँग वैभव र आदर, टिक्‍ने धन-सम्पत्ति र समृद्धि छन्‌। मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ। म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्‌छु। मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु। “परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै। अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै। महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै। पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो। उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ। उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ। उहाँले बादललाई आकाशमा स्‍थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्‍थानमा दृढ़सँग बसाल्‍नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा, म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें। उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्‍दित हुँदै म मानव जातिमा प्रसन्‍न रहन्‍थें। अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌। मेरो अर्ती सुन र बुद्धिमान्‌ होओ, त्‍यसको अवहेलना नगर। त्‍यही मानिस सुखी हो, जसले मेरो वचन सुन्‍छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्‍छ। किनभने जसले मलाई भेट्टाउँछ, त्‍यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्‍त गर्छ। तर जसले मलाई भेट्टाउन चुक्‍छ, त्‍यसले आफैलाई नोक्‍सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्‍युसित प्रेम राख्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्

हितोपदेश 8:1-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन? गल्‍लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ, सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ: “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु। तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ। सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु। मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ। मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन। विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्। मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन। “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।” याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु। परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ। मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्। मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्। मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्। मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ। म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु, मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो, परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो। सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो, पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो। उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ। जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो; जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो; त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ। उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्‍न रहन्थेँ। अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्। मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर, त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ। किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्‍त गर्छ। “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्

हितोपदेश 8:1-36 पवित्र बाइबल (NERV)

के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र? ऊ अग्लो ठाउँहरू माथि उभिन्छे, जहाँबाट दोबाटो देखिन्छन्। ऊ शहरको प्रवेशद्वार नजिक छे, उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे। ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु। तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक। तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु। मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्। मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्। यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्। मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो। ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।” “म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ। परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु। मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्। मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ। राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्। म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्। धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु। मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्। म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु। मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु। “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो। यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो। जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए। पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ। परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ। जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ। जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ। उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा। म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें। म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु। “अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्। मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर। जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्। किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ। तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्

हितोपदेश 8:1-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सुन! बुद्धि चिच्‍च्‍याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ; बाटाको छेउ, डाँडा-डाँडा र चौबाटामा त्‍यो खड़ा हुन्‍छ। सहरको मूल-ढोका र प्रवेशद्वारमा चर्को सोरले त्‍यो यसरी कराउँदछ: “हे मानिसहरू हो! म तिमीहरूलाई उजुर गर्दछु, पृथ्‍वीका हरेक मानिसलाई पुकार्दछु। के तिमीहरू बालक नै छौ? पाको हुन सिक। के मूर्ख छौ? ज्ञानी हुन सिक। मेरा उत्तम वचनहरू सुन, मैले बोलेका सबै कुरा ठीक छन्। मैले भनेको कुरा साँचो छ, म झूटो कुरा घृणा गर्दछु। मैले भनेको हरेक कुरा सत्‍य छ, झूटो वा धोका दिने कुनै कुरा छैन, जसले बुझ्‍न सक्‍छ, त्‍यसको लागि सबै स्‍पष्‍ट छ, जसको अन्‍तर्दृष्‍टि छ, त्‍यसको लागि सबै सरल छ। चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज। “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्‍दैन। म बुद्धि हुँ, मसित अन्‍तर्दृष्‍टि छ, मसित ज्ञान र न्‍याय विचार छन्। परमप्रभुको आदर गर्नु दुष्‍टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्‍ट विचार र झूटा बोलीलाई घृणा गर्दछु। म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ। राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु। मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्। मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्‍नेले मलाई भेट्टाउँदछ। धन, इज्‍जत, उन्‍नति र सफलता मसँग छन्। तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ। म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्दछु। मलाई प्रेम गर्नेहरूलाई धन-सम्‍पत्ति दिँदछु र तिनीहरूका घरका भण्‍डार दामी कुराहरूले भरिदिन्‍छु। “परमप्रभुले सृष्‍टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्‍टि गर्नुभयो। आदिमा नै, संसारको उत्‍पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो। महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्‍नुअघि मेरो जन्‍म भएको थियो। पहाड-पर्वत र डाँडा-काँडाहरू स्‍थापित हुनुभन्दा अघि नै म जन्‍मेको थिएँ, अँ, परमेश्‍वरले पृथ्‍वी, जमिन र माटो बनाउनुभन्दा अघि नै। उहाँले आकाशलाई पृथ्‍वीमाथि फैलाउनुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ। आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्‍यहाँ हाजिर थिएँ। उहाँले पृथ्‍वीको जगहरू बसाल्‍नुहुँदा म त्‍यहाँ थिएँ। म उहाँको छेउमा शिल्‍पकारझैँ दिनहुँ उहाँलाई आनन्‍द दिँदै, उहाँको उपस्‍थितिमा आफैं पनि प्रसन्‍न हुँदै सारा पृथ्‍वीसित नै आनन्‍दमा र मानव-जातिसित सन्‍तुष्‍ट थिएँ। “हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर्‌ र तिमीहरू सुखी हुनेछौ। तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्‍यसलाई हेला नगर। जसले मेरा कुरा सुन्‍छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्‍छ, त्‍यो खुसी हुनेछ। मलाई भेट्टाउनेले जीवन प्राप्‍त गर्दछ र परमप्रभु त्‍योसित खुसी हुनुहुन्‍छ। मलाई नभेट्टाउनेले आफ्‍नै हानि गर्दछ, मलाई घृणा गर्नेले मृत्‍युलाई प्रेम गर्दछ।”

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्