हितोपदेश 4:20-23
हितोपदेश 4:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्। किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
हितोपदेश 4:20-23 पवित्र बाइबल (NERV)
हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
हितोपदेश 4:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ।