हितोपदेश 4:14-19
हितोपदेश 4:14-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्टको मार्गमा खुट्टा नहाल् अथवा दुष्ट मानिसको चालमा नहिँड्। त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख्, त्यसबाट तर्केर आफ्नै बाटो लाग्। किनभने दुष्टहरू खराब काम नगरुञ्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्-झन् चहकिलो हुँदैजान्छ। तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्।
हितोपदेश 4:14-19 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड। दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो। तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ। दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ।
हितोपदेश 4:14-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्। त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्। दुष्टहरू केही खराबी नगरेसम्म निदाउन सक्दैनन्। कसैको हानि नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्। दुष्ट्याइँ र हिँसा तिनीहरूका निम्ति खाने र पिउने कुरा हुन्। धर्मी हिँडेको बाटो घाम झुल्केजस्तो हो, त्यो पूरा उज्यालो नभएसम्म झन्-झन् चहकिलो हुँदैजाँदछ। दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्।