YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:11-18

हितोपदेश 4:11-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्‍याउँछु। तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन। अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो। दुष्‍टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड। त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग। किनकि दुष्‍टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन। तिनीहरूले दुष्‍टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्। धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।

शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्

हितोपदेश 4:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्‍नेछैनस्। तैँले जे सिकेको छस्, त्‍यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्‍यसलाई राम्ररी जोगाएर राख्। दुष्‍ट मानिसहरू गएको बाटो नपछ्या, दुष्‍टहरूको चालको नक्‍कल नगर्‌। त्‍यसो नगर्‌! दुष्‍ट्याइँदेखि टाढा बस्! त्‍यसबाट तर्केर आफ्‍नै बाटोमा हिँड्। दुष्‍टहरू केही खराबी नगरेसम्‍म निदाउन सक्‍दैनन्। कसैको हानि नगरेसम्‍म तिनीहरू सुत्‍न सक्‍दैनन्। दुष्‍ट्याइँ र हिँसा तिनीहरूका निम्‍ति खाने र पिउने कुरा हुन्। धर्मी हिँडेको बाटो घाम झुल्‍केजस्‍तो हो, त्‍यो पूरा उज्‍यालो नभएसम्‍म झन्-झन् चहकिलो हुँदैजाँदछ।

शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्

हितोपदेश 4:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्‍याउँछु। तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌। अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो। दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌। त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌। किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन। दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्

हितोपदेश 4:11-18 पवित्र बाइबल (NERV)

म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन। अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो। दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्‌यूँ फर्काई देऊ अनि टाढा हिँड। दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो। तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्