हितोपदेश 30:7-9
हितोपदेश 30:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म तपाईंसँग दुई वटा कुरा माग्दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्। असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्। अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला।
हितोपदेश 30:7-9 पवित्र बाइबल (NERV)
हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुइओटा चीज माग्नेछु औ ती हुन्, मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ। यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसँगको सम्बध छोड्ने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।
हितोपदेश 30:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, मर्नुभन्दा अघि मलाई दुईवटा कुरा दिनुहोस्: छल्न र ढाँट्नबाट मलाई बचाउनुहोस् र मलाई न त गरीब न त धनी बनाउनुहोस्। मलाई चाहिए जति मात्र भोजन दिनुहोस्। मसित धेरै भए म तपाईंलाई इन्कार गरूँला तर म गरीब भए चोर्न लागुँला र मेरो परमेश्वरलाई अपमानित तुल्याउँला।