हितोपदेश 24:1-34
हितोपदेश 24:1-34 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ। मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ। यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ। हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ। यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन। एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ। धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन। यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर, किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। हे मेरो छोरा! परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ। किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्। यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ। निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो। पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ। तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल। यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।” म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
हितोपदेश 24:1-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्छा नगर्, किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ, र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ। बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ। युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ। मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन। खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्। सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कति कम रहेछ! मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्। यदि तँ भन्छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्यक्तिलाई त्यसको कामअनुसार बदला दिनुहुन्न र? हे मेरो छोरा, मह खा, किनभने त्यो असल हुन्छ, चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ। यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्त गरिस् भने, तेरो भविष्यको लागि आशा छ, र तेरो आशा व्यर्थै जानेछैन। धर्मी मानिसका घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्, त्यसको वासस्थानमाथि छापा नमार्, किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरूलाई विपत्तिले नाश गरिदिन्छन्। तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्, नत्रभने परमप्रभुले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ। दुष्ट मानिसहरूको कारण पीर नमान्, वा दुष्टप्रति डाही नबन्, किनभने दुष्ट मानिसका भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ। हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्, किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि सर्वनाश पठाउनुहुनेछ। र कस्ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्छ र? यी पनि बुद्धिमान्का उखानहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्। तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ। ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो। बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना। आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्। यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।” म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ, चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो। मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 24:1-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर; किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ। बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ; ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्। बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ। निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ। मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन। जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्। यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ! अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक। यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र? हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ। यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट, किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्टहरूचाहिँ विपत्तिले नष्ट हुनेछन्। तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्; नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ। दुष्ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्टहरूप्रति डाही बन। किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ। हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल; किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र? यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्। तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्। इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो। तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ। तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल। “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन। म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो। मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
हितोपदेश 24:1-34 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ। मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ। यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ। हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ। यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन। एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ। धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन। यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर, किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। हे मेरो छोरा! परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ। किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्। यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ। निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो। पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ। तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल। यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।” म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
हितोपदेश 24:1-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्टहरूको ईर्ष्या नगर, तिनीहरूसित मित्रता पनि नगर। तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्छ। बुद्धि र समझशक्तिको जगमा घर बनाइन्छ। ज्ञान भएको घरमा बहुमूल्य र सुन्दर कुराहरूले कोठाहरू सजाइएका हुन्छन्। शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो। लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्लाह लिनुपर्छ र जति धेरै उचित सरसल्लाह लियो उति धेरै विजयी हुने आशा हुन्छ। बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन। सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्। सङ्कष्टको समयमा कमजोर व्यक्ति सधैँ कमजोर हुन्छ। कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर। यो मेरो काम होइन भनी भनौला तर परमेश्वरले तिम्रो मन जान्नुहुन्छ र त्यसको जाँच गर्नुहुन्छ। तिम्रो रक्षा गर्नुहुनेले जान्नुहुन्न र? तिम्रो कामअनुसार उहाँले तिमीलाई इनाम दिनुहुनेछ। ए छोरा, मह खाने गर्, त्यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्छ, त्यसरी नै बुद्धि प्राणको निम्ति असल हो। बुद्धि प्राप्त गर् र तेरो भविष्य उज्यालो हुनेछ। इमानदार मानिसलाई वा उसको घरलाई लुट्ने युक्ति गर्ने दुष्टजस्तो नहो। इमानदार मानिस जतिपल्ट लड्छ, उतिपल्ट ऊ खडा हुन्छ तर विपत्तिले दुष्टलाई विनाश गर्छ। शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्। परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्यो उहाँले मन पराउनुहुन्न। अनि तिनीहरूलाई दण्ड दिनुहुनेछैन। दुष्ट मानिसहरूका कारणले चिन्ता नगर, तिनीहरूको ईर्ष्या नगर्। दुष्टको भविष्य अँध्यारो हुन्छ त्यसको केही आशा हुँदैन। ए मेरो छोरो, परमप्रभुको भय मान् र राजाको आदर गर्। ईश्वरद्रोही र राजद्रोहीहरूसित केही सम्बन्ध नराख्। त्यस्ता विद्रोहीहरू एकै छिनमा नाश हुन्छन्। परमेश्वर वा राजाले कस्तो किसिमको विनाश ल्याउनुहुन्छ, कसले जान्दछ र? बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्– न्यायाधीशले न्याय गर्दा पक्षपात गर्नु ठीक होइन। उसले कुनै अपराधीलाई निर्दोष छ भन्ने फैसला दियो भने सबैले उसलाई सराप्नेछन् र घृणा गर्नेछन्। दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ। सोझो जवाफ मित्रताको चिनो हो। पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ। असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। बदला लिने विचारले यसो नभन, “मलाई त्यसले गरेझैँ म त्यसलाई गर्नेछु! म त्यसलाई साटो फेर्नेछु!” अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्किसकेका थिए। त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।