हितोपदेश 21:1-5
हितोपदेश 21:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ। मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो! लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
हितोपदेश 21:1-5 पवित्र बाइबल (NERV)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ। मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ। बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ। घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्। लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।
हितोपदेश 21:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाको मन परमप्रभुको हातमा हुन्छ र त्यसलाई कुलोको पानीझैँ जता मन लाग्छ, उतै उहाँले फर्काउनुहुन्छ। मानिसले सधैँ आफू ठीक छु भनी सम्झन्छ तर परमप्रभुले उसको मनको उद्देश्य जाँच गर्नुहुन्छ। जे ठीक र न्यायपूर्ण छ, त्यही गर, त्यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्छ। दुष्ट मानिसहरू आफ्ना घमण्ड र अहङ्कारका अधीनमा चल्दछन्, जुनचाहिँ पाप हो। होशियारीसित आफ्नो कामको योजना बनाए प्रसस्त लाभ हुन्छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्छ।