YouVersion लोगो
खोज आइकन

हितोपदेश 13:1-9

हितोपदेश 13:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ। आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्। आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ। अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ। धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ। कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ। कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन। धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्‍टको बत्ती निभाइन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 पढ्नुहोस्

हितोपदेश 13:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्‍यसमा ध्‍यान दिन्‍छ तर अहङ्कारीले कहिल्‍यै आफ्‍नो भुल स्‍वीकार गर्दैन। असल मानिसले आफ्‍नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्‍छन्। आफ्‍नो बोलीको ख्‍याल गर्‌ र प्राण जोगा। जथाभावी बोल्‍नेले आफ्‍नै नाश गर्छ। अल्‍छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्‍यो कहिल्‍यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्‍त गर्नेछ। इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्‍टहरूका वचन लाजलाग्‍दा र बदनामी ल्‍याउने हुन्‍छन्। धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्‍ट्याइँले पापीहरूको पतन गराउँछ। कोही मानिसहरू आफूसित केही नभए पनि धनी छौं भन्‍ने धाक लाउँछन् तर कोहीचाहिँ आफूसित पूरा धनसम्‍पत्ति भए पनि दरिद्र छौं भन्‍ने बहाना गर्छन्। धनी मानिसले आफ्‍नो धन दिएर प्राण बचाउनुपर्छ तर गरीबलाई कसैको डर हुँदैन। धर्मीहरू चम्‍केर बलिरहेको ज्‍योतिजस्‍ता हुन् तर दुष्‍टहरूचाहिँ निभ्‍न लागेको बत्तीझैँ हुन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 13 पढ्नुहोस्

हितोपदेश 13:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन। मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ। आफ्‍ना ओठको रखवाली गर्नेले आफ्‍नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्‍याउनेछ। अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ। धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ। ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्‍टताले पापीको संहार गर्छ। कोही मानिस धनी भइटोपल्‍छ, तापनि त्‍यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्‍छ, तापनि त्‍यससँग प्रशस्‍तै सम्‍पत्ति हुन्‍छ। सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन। धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ।

हितोपदेश 13:1-9 पवित्र बाइबल (NERV)

एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन। तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्। एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ। अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्। इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ। यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ। धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन। एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।