YouVersion लोगो
खोज आइकन

हितोपदेश 12:1-28

हितोपदेश 12:1-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो। असल मानिसहरूले याहवेहबाट निगाह प्राप्‍त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ। दुष्‍टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन। चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो। धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्‍टका सल्‍लाह कपटपूर्ण हुन्छन्। दुष्‍टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ। दुष्‍टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ। मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्। खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो। धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्‍ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ। आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्। दुष्‍टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ। दुष्‍ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ। आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्‍चय नै पाउँछ। मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्‍लाह सुन्छ। मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन। साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ। सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ। धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्‍टहरू सङ्कष्‍टले भरिएका हुन्छन्। याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ। विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ। परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्‍याउँछ। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ। धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्‍टको मार्गले तिनीहरूलाई बरालिदिन्छ। अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ। धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्

हितोपदेश 12:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्‍यक्ति अबूझ हो। असल मानिसले परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ। दुष्‍टताले मानिस स्‍थापित हुन सक्‍दैन, तर धर्मीको जरा भने उखेल्‍न सकिनेछैन। चरित्रवान्‌ पत्‍नी आफ्‍ना पतिको मुकुट हो, तर अपमान ल्‍याउने पत्‍नीचाहिँ तिनका हड्डी सड़ेको जस्‍तै हो। धर्मीका योजनाहरू न्‍यायसङ्गत हुन्‍छन्, तर दुष्‍टका सल्‍लाहहरू छलपूर्ण हुन्‍छन्‌। दुष्‍टको वचनले कसैको रगत बगाउन ढुकिरहन्‍छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्‍छ। दुष्‍ट मानिसहरू फालिन्‍छन्‌ र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्‍छ। मानिसलाई त्‍यसको बुद्धिअनुसार प्रशंसा गरिन्‍छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्‍छ ठहरिन्‍छ। आफू प्रतिष्‍ठित व्‍यक्ति भइटोपलेर आहार नै नहुनुभन्‍दा, आफू केही नभएर पनि आफ्‍नो एक जना दास हुनु बेस हो। धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ। आफ्‍नो खेतबारी खनजोत गर्नेको प्रशस्‍त खानेकुरा हुन्‍छ, तर कल्‍पनाका पछि लाग्‍ने विनासमझको हुन्‍छ। दुष्‍टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्‍छ। खराब मानिस आफ्‍नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्‍टबाट उम्‍कन्‍छ। मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्‍छ, आफ्‍नो हातका कामको इनाम त्‍यसले निश्‍चय नै पाउनेछ। मूर्खको बाटो आफ्‍नो नजरमा ठीकै देखिन्‍छ, तर समझदार मानिसले अरूको सल्‍लाह सुन्‍छ। मूर्खले आफ्‍नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्‍लिदिन्‍छ। एक सत्‍यवादी साक्षीले ईमानदार गवाही दिन्‍छ, तर झूटो साक्षीले झूटो कुरा बोल्‍छ। असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ। सत्‍य बोल्‍ने ओठ सधैँ स्‍थिर रहन्‍छन्, तर झूट बोल्‍ने जिब्रो केही क्षण मात्रै टिक्‍छ। खराब युक्ति रच्‍नेहरूको हृदय छली हुन्‍छ, तर शान्‍तिको बढौती गर्नेलाई रमाहट हुन्‍छ। धर्मीमाथि हानि आइपर्दैन, तर दुष्‍टहरू दु:ख-कष्‍टले भरिएका हुन्‍छन्‌। परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्‍छ, तर उहाँ सत्‍यवादी मानिससँग प्रसन्‍न हुनुहुन्‍छ। एक समझदार मानिसले आफ्‍नो ज्ञान आफूसँगै राख्‍छ, तर मूर्खको हृदयले आफ्‍नो मूर्खता झ्‍वाट्टै प्रकट गर्छ। लगनशील हातले शासन गर्नेछ, तर आलस्‍यको अन्‍त्‍यचाहिँ कमारोपन हो। चिन्‍तित हृदयले मानिसलाई कमजोर तुल्‍याउँछ, तर दयालु वचनले त्‍यसलाई हर्षित तुल्‍याउँछ। धर्मी मानिस आफ्‍नो मित्रतामा सचेत रहन्‍छ, तर दुष्‍टको बाटोले तिनीहरूलाई बरालिदिन्‍छ। अल्‍छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्‍पत्ति पाउँछ। धार्मिकताको मार्गमा जीवन हुन्‍छ, त्‍यस मार्गको सँगसँगै अमरत्‍व छ।

हितोपदेश 12:1-28 पवित्र बाइबल (NERV)

एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो। असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ। दुष्टताद्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, अनि धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन। एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो। धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्। दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ। दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ। मानिसले आफ्नो असल बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ। प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो। एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ। आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन। दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ। दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ। एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ। एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ। एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ। विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ। जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ। ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन। एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ। परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ। एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ। मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैँ कमारो हुनेछ। चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ। धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्। एकजना अल्छी मानिसले उसको शिकार भेट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ। धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्

हितोपदेश 12:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जसले ज्ञानलाई प्रेम गर्दछ, त्‍यसले आफ्‍ना दोष देखाइदिएको स्‍वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो। असल मानिसहरूसित परमप्रभु प्रसन्‍न हुनुहुन्‍छ तर दुष्‍ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्‍छ। दुष्‍ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्‍छन्। असल स्‍वास्‍नी उसको लोग्‍नेको गर्व र आनन्‍द हो तर लोग्‍नेलाई लाज पार्ने स्‍वास्‍नी उसको कुहेको हाडजस्‍तो हो। इमानदार मानिसहरूले न्‍यायपूर्ण व्‍यवहार गर्छन् तर दुष्‍टहरूले छल्‍न चाहन्‍छन्। दुष्‍टहरूको बोली प्राणघातक हुन्‍छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ। दुष्‍टहरू नाश भएर जान्‍छन्, तिनीहरूको सन्‍तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्‍छ। तिमी समझदार छौ भने प्रशंसा पाउनेछौ तर मूर्ख छौ भने मानिसहरूले तुच्‍छ ठान्‍नेछन्। आफूलाई उच्‍च देखाएर भोकभोकै बस्‍नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो। धर्मी मानिसले आफ्‍ना पशुहरूको हिफाजत गर्छ तर दुष्‍टहरू आफ्‍ना पशुहरूप्रति निष्‍ठुर हुन्‍छन्। मेहनत गर्ने किसानसित प्रशस्‍त खानेकुरा हुन्‍छ तर व्‍यर्थका काममा समय फाल्‍नु मूर्खता हो। दुष्‍टहरू दुष्‍ट्याइँ गर्न खोजिहिँड्छन् तर धर्मीहरू दरिला भई खडा रहन्‍छन्। दुष्‍ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्‍टबाट बाँच्‍दछ। तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्‍य छौ, त्‍यही पाउनेछौ। मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्‍झन्‍छन्। बुद्धिमान्‌हरूले सल्‍लाहका कुरा सुन्‍छन्। मूर्ख रिसाउँदा त्‍यसले झट्टै आफ्‍नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्‍यान दिँदैनन्। सत्‍य वचन बोल्‍दा न्‍यायको जगेरा हुन्‍छ, झूटो वचनले अन्‍याय ल्‍याउँदछ। नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। झूटो थोरै समयको निम्‍ति मात्र हो तर सत्‍य सदा रहिरहन्‍छ, दुष्‍ट उपाय निकाल्‍नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्‍टमाथि दु:खै-दु:ख मात्र हुन्‍छ। झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ। समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्‍नो मूर्खता प्रचार गर्छन्। कठोर परिश्रमले शक्ति दिँदछ तर अल्‍छी बन्‍नाले कमारो होइन्‍छ। चिन्‍ताले तिम्रो आनन्‍द लुट्छ तर दयालु वचनले हर्षित तुल्‍याउँदछ। धर्मी मानिस आफ्‍ना साथीको असल अगुवा हुँन्‍छ तर दुष्‍टको बाटोले नजानुपर्ने दिशातिर लैजान्‍छ। अल्‍छीले चिताएको पुग्‍दैन तर मेहनतीले धेरै धन कमाउँछ। धार्मिकता नै जीवनको बाटो हो, दुष्‍ट्याइँचाहिँ मृत्‍युको बाटो हो।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्