YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:21-28

हितोपदेश 10:21-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

धर्मी मानिसको बोलीले धेरैलाई लाभ गराउँछ तर मूर्खताले आफ्‍नै नाश गर्दछ। परमप्रभुको आशिष्‌ले तिमी धनी बन्‍दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन। दुष्‍कर्ममा आनन्‍द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्‍दित र खुसी हुन्‍छन्। धर्मीले चिताएको पूरा हुन्‍छ तर दुष्‍ट जे कुरासित डराउँछ, त्‍यही त्‍यसले पाउँदछ, आँधी आएर दुष्‍टलाई उडाइलैजान्‍छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्‍छन्। अल्‍छीलाई आफ्‍नो काम गर्न कहिले नलगा, दाँतमा सिर्का वा आँखामा धुवाँ परेझैँ त्‍यसले तँलाई पिरोल्‍नेछ। परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्‍टहरू समय नपुगी मरिजान्‍छन्। धर्मीको आशाको अन्‍त आनन्‍द हुन्‍छ तर दुष्‍टले केही कुराको पनि आशा राख्‍न सक्‍दैन।

शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्

हितोपदेश 10:21-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धर्मीका ओठले धेरैलाई तृप्‍त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्‌। परमप्रभुको आशिष्‌ले धन-सम्‍पत्ति ल्‍याउँछ, अनि उहाँले त्‍यसमाथि दु:ख थप्‍नुहुन्‍न। मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्‍छ। आतङ्कित बनेको कुरा नै दुष्‍टमाथि आइपर्नेछ। धर्मीले इच्‍छा गरेको कुरा मन्‍जूर गरिनेछ। जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्‍टहरू रहँदैनन्, तर धर्मात्‍माचाहिँ अनन्‍तसम्‍मै स्‍थिर रहन्‍छन्‌। सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुनेछ। परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ। धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्

हितोपदेश 10:21-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्। याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न। मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ। तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ। आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्। दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्। याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ, धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।

शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्

हितोपदेश 10:21-28 पवित्र बाइबल (NERV)

ईमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्ख्याईंले उसलाई मार्छ। परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न। एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ। दुष्ट मानिसहरू जे कुरामा डराउँछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ। आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ। जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ। परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ। धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ।