YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:1-19

हितोपदेश 1:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌। बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्, जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ। हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌। ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌। तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं, चिहानले निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।” हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌। सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ! यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌! बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्

हितोपदेश 1:1-19 पवित्र बाइबल (NERV)

यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्। परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्। हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्। हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं। आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।” हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्। बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्

हितोपदेश 1:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू: बुद्धि र शिक्षाका कुरा चिन्‍न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्‍न सिकाउने उखानहरू यहाँ छन्। उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्‍ने र इमानदार, न्‍यायी र सोझो हुने भनी सिकाउँछन्। अनजान मानिसलाई चतुर र जवान व्‍यक्तिलाई समझदार बनाउँछन्। यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्‍डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्। त्‍यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्‍न सक्‍नेछन्। ज्ञान प्राप्‍त गर्न पहिले परमप्रभुको भय राख्‍नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्। ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्‍यान दिएर सुन् किनभने ती कुराले तेरा चालचलन त्‍यसरी नै असल बनाउनेछ, जसरी सुन्‍दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्‍छस्। ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्‍लाई गर्दा तँ तिनीहरूसित नलाग्। तिनीहरूले यसो भन्‍लान्, “जाऔं, गएर कसैको हत्‍या गरौं! कोही निर्दोष मानिसहरूमाथि आक्रमण गरौं! हामीले तिनीहरूलाई जिउँदा र असल-कुशल भेट्टाउँला तर हाम्रो काम सिद्धिंदा तिनीहरू मरिसकेका हुनेछन्! हरेक किसिमका धन-सम्‍पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्! आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।” ए मेरो छोरो, त्‍यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। दुष्‍कर्म गर्न तिनीहरू ढीलो हुँदैनन्, हत्‍या गर्न तिनीहरू सधैँ तयार रहँदछन्। आफूले पक्रन दाउ गरेको चराले देख्‍दा-देख्‍दै जाल बिछ्याउनु व्‍यर्थ छ, तर त्‍यस्‍ता मानिसहरूले आफ्‍नै निम्‍ति जाल बिछ्याउँदछन्, जालमा परेर तिनीहरू आफैं मर्छन्। चोरीले सधैँ चोर्नेको ज्‍यान लिंन्‍छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्‍त पनि त्‍यस्‍तै हुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्