फिलिप्पी 4:6-7
फिलिप्पी 4:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
फिलिप्पी 4:6-7 नेपाली समकालीन संस्करण (NCV)
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्विन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गर। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
फिलिप्पी 4:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
फिलिप्पी 4:6-7 पवित्र बाइबल (NERV)
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।