YouVersion लोगो
खोज आइकन

फिलिप्पी 4:15-19

फिलिप्पी 4:15-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌। मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु। मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्

फिलिप्पी 4:15-19 नेपाली समकालीन संस्करण (NCV)

यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ कि, तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट विदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एकपटक भन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ, किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ। र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्

फिलिप्पी 4:15-19 पवित्र बाइबल (NERV)

मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो। जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ। आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बढ्तै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ। मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्

फिलिप्पी 4:15-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्‍डली तिमीहरू मात्र थियौ। त्‍यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ। थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्‍ट सहायता गर्‍यौ। मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्‍ने चाहेको हुँ। मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्‍त भएको छु। ती दानहरूचाहिँ परमेश्‍वरलाई मनपर्ने सुगन्‍धित र ग्रहणयोग्‍य बलिदान हुन्। मेरा परमेश्‍वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्‍ट येशूमा भएको उहाँको असीम धन सम्‍पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्