फिलिप्पी 4:14-16
फिलिप्पी 4:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ। तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।
फिलिप्पी 4:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।
फिलिप्पी 4:14-16 पवित्र बाइबल (NERV)
तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ। मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो। जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ।
फिलिप्पी 4:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तैपनि मलाई अप्ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्यौ। सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्र थियौ। त्यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ। थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ।