YouVersion लोगो
खोज आइकन

फिलेमोन 1:12-18

फिलेमोन 1:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। तिनलाई मसँगै राख्‍न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्‍ति मेरो बन्‍दी अवस्‍थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्‍तथिए, तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्‍नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्‍नै स्‍वइच्‍छाले गरिएको होस्‌। शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌— अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति। यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ।

शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्

फिलेमोन 1:12-18 नेपाली समकालीन संस्करण (NCV)

म उसलाई, जो मेरो मुटु नै हो, तिमीकहाँ पठाउँदैछु। सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई तिनले तिम्रो स्थान लिऊन् भनेर म तिनलाई मसँग राख्न रुचाउने थिएँ; तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ। शायद तिनी केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले तिनलाई सधैंको लागि फेरि भेट्टाउनलाई होला। सेवकजस्तै गरी होइन, तर सेवकभन्दा पनि अझ बढ्ता, तर एकजना प्रिय भाइजस्तै, तिनी मेरो निम्ति अति प्रिय छन्, तर तिम्रो निम्ति तिनी एक मानिस अनि प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छन्। यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने, तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उनलाई पनि स्वागत गर। यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने, त्यो मेरो हिसाबमा राखिदेऊ।

शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्

फिलेमोन 1:12-18 पवित्र बाइबल (NERV)

म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन। ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ। यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।

शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्

फिलेमोन 1:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्। सुसमाचारको कारण झ्‍यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्‍नेथिएँ। तर तिम्रो मन्‍जुरीबिना यसो गर्न ठीक लागेन। मलाई दया गर्न तिमीलाई कर नलागोस्, तर तिम्रो खुसीले होस् भन्‍ने चाहन्‍छु। सायद सधैँको लागि फेरि तिमीसँग रहून् भनी केही समयको लागि ओनेसिमस छुट्टिएका थिए। अब उनी कमारा होइनन् तर कमाराभन्दा बढी प्‍यारा विश्‍वासी भाइ हुन्। उनी मेरा लागि कति प्‍यारा छन्। शारीरिकरूपमा र प्रभुमा उनी झन् कति धेरै तिम्रो लागि प्‍यारा होलान्। त्‍यसो हुँदा मलाई साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ उनलाई स्‍वागत गर। यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू।

शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्