गन्ती 30:1-2
गन्ती 30:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ: जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ।
गन्ती 30:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो: कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।
गन्ती 30:1-2 पवित्र बाइबल (NERV)
मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्; “जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।
गन्ती 30:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले इस्राएल कुलका अगुवाहरूलाई यी तलका आदेशहरू दिए। जब कुनै मानिसले परमप्रभुलाई केही कुरा चढाउने भाकल गर्छ वा आफूले केही कुरा छोड्ने शपथ खान्छ, उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्नुहुँदैन। तर जे आफूले गर्छु भनेको छ, त्यो पूरा गर्नुपर्छ।