गन्ती 23:19-20
गन्ती 23:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर ढाँट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बद्लनुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र? हेर्, मैले त आशिष् दिने आज्ञा पाएको छु। उहाँले आशिष् दिनुभएको छ, र म त्यसलाई उल्टाउन सक्दिनँ।
गन्ती 23:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र? मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।
गन्ती 23:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर मानिसहरूजस्ता झूटो बोल्ने हुनुहुन्न; उहाँले मानिसले झैँ मन बदल्नुहुन्न। आफूले प्रतिज्ञा गरेको कुरा उहाँले पूरा गर्नुहुन्छ। उहाँ बोल्नुहुन्छ र त्यो पूरा गर्नुहुन्छ। मैले आशिष् दिने आज्ञा पाएको छु, परमेश्वरले जब आशिष् दिनुहुन्छ, म त्यसलाई टार्न सक्दिनँ।

गन्ती 23:19-20 पवित्र बाइबल (NERV)
परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ। परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’ परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ।