गन्ती 22:22-35
गन्ती 22:22-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बालाम त्यसरी गएको देखेर परमेश्वर रिसाउनुभयो र तिनी गधामा चढेर आफ्ना दुई जना चाकरहरूसित गइरहेका बेलामा परमप्रभुको दूत बाटो थुनेर तिनको अघि खडा भए। जब गधाले हातमा तरवार लिएर उभिएको स्वर्गदूतलाई बीच बाटोमा देख्यो, त्यो बाटो छोडेर खेतबारीतिर लाग्यो। बालामले गधालाई चुटेर बाटोमा ल्याए। बाटो दुईवटा दाखबारीका बीचमा साँघुरिएर गएको थियो र त्यहाँ दुवैपट्टि ढुङ्गाका पर्खाल पनि थिए। स्वर्गदूत त्यही साँगुरो बाटोमा उभिए। जब गधाले दूतलाई देख्यो, त्यो पर्खालपट्टि हट्यो र बालामको खुट्टा पर्खालमा चेप्टियो। बालामले गधालाई फेरि चुटे। दूत फेरि अघि बढे र एउटा साँगुरो ठाउँमा गई उभिए र त्यहाँ दुवैपट्टि ठाउँ नभएकाले कोही छिर्न सक्दैनथ्यो। यसपालि दूतलाई देखेर गधा भूईमा बस्यो। बालाम रिसाए र आफ्नो लौराले गधालाई चुट्न थाले। तब परमप्रभुले गधालाई बोल्ने शक्ति दिनुभयो र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्ट चुट्नुभयो?” बालामले जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! मसित तरवार भए, तँलाई काट्नेथिएँ।” गधाले जवाफ दियो, “के म त्यही गधा होइनँ र जसमाथि तपाईंले आफ्नै जीवनभरि सवार गर्नुभयो? तपाईंसित के मैले यस्तो व्यवहार अघि कहिल्यै गरेको थिएँ?” “गरेको थिइनस्।” उनले उत्तर दिए। तब परमप्रभुले बालामलाई हातमा तरवार लिई त्यहाँ उभिएको दूत देखाइदिनुभयो। तब बालामले भूइँमा घोप्टो परेर दण्डवत् गरे। दूतले सोधे, “किन तिमीले तीनपल्ट गधालाई त्यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन। तर तिम्रो गधाले मलाई देख्यो र तीनपल्ट बाटो तर्क्यो। त्यसले त्यसरी बाटो नतर्केको भए म तिमीलाई मार्नेथिएँ र गधालाई चाहिँ जिउँदै छोड्नेथिएँ।” बालामले उत्तर दिए, “मैले पाप गरेको छु। मेरो बाटो थुनेर तपाईं खडा हुनुभएको छ भनी मलाई थाहा थिएन। तर अब म यसरी जानु ठीक छैनँ भन्ठान्नुहुन्छ भने म घर फर्कनेछु।” तर स्वर्गदूतले भने, “यी मानिसहरूसित जाऊ तर मैले भनेका कुरा मात्र भन्नू।” यसरी बालाम तिनीहरूसित गए।
गन्ती 22:22-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनी गएका हुनाले परमेश्वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए। परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्यस गधाले देख्यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे। दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए। परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्यो र बालामको खुट्टा त्यसले पर्खालमा चेप्ट्याइदियो। तिनले त्यसलाई फेरि पिटे। फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्ने साँघुरो ठाउँमा उभिए। गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो। तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्ट पिट्नुभयो?” बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्याइस्। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्नेथिएँ।” गधाले बालामलाई भन्यो, “तपाईंले आफ्नो जीवनभरि आजको दिनसम्म चढ्नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्यै तपाईंसित यस्तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्।” तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्टो परे। तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्नो गधालाई तीन पल्ट हिर्काइस्? हेर्, म तेरो बाटो छेक्न आएको छु, किनभने मेरो सामुन्ने तँ आफ्नै जिद्दीमा हिँड्दैछस्। त्यस गधाले मलाई देखेर अहिलेसम्म तीन पल्ट मेरो सामुबाट तर्क्यो। मबाट त्यो नतर्केको भए अहिलेसम्म म तँलाई मारिसक्नेथिएँ, तर त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।” परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्छु, त्यही मात्र तैंले बोल्।” यसकारण बालाम बालाकका मुख्य व्यक्तिहरूका साथमा गए।

गन्ती 22:22-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए। जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे। तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए। जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले। तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए। जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले। तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?” बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।” तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।” तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ। यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्टिमा बेठीक छ भने म फर्केर जानेछु।” याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए।
गन्ती 22:22-35 पवित्र बाइबल (NERV)
बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए। जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो। त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए। त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए। त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?” तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।” गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?” बिलामले भने, “थिइनस्।” त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए। तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ। जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।” तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।” तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए।”