गन्ती 13:21-29

गन्ती 13:21-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैले तिनीहरू उक्‍लेर गई जीनको उजाड़-स्‍थानबाट लेबो-हमाततिरको रहोबसम्‍म त्‍यस देशको भेद लिए। तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो। त्‍यसपछि तिनीहरू एश्‍कोलको बेँसीमा गए, र त्‍यहाँबाट दाखका हाँगाको एक झुप्‍पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्‍याए। तिनीहरूले अनार र नेभारा पनि ल्‍याए। इस्राएलीहरूले त्‍यहाँबाट त्‍यो झुप्‍पा काटेको हुनाले त्‍यस ठाउँको नाउँ एश्‍कोलको बेँसी राखिएको हो। चालीस दिनको अन्‍तमा त्‍यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्‍पूर्ण वृत्तान्‍त बताइदिए, र तिनीहरूलाई त्‍यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्‍यौं। साँच्‍ची नै त्‍यहाँ दूध र मह बग्‍दारहेछन्, अनि त्‍यसको फलफूल यही हो। तर त्‍यहाँ बस्‍ने मानिसहरू बलिया रहेछन्‌ र सहरहरू पर्खालले घेरिएका र ज्‍यादै ठूला-ठूला रहेछन्‌। त्‍यसबाहेक हामीले त्‍यहाँ अनाकका सन्‍तानहरू पनि देख्‍यौं। नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्‍दारहेछन्‌।”

शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्

गन्ती 13:21-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे। तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्‍ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।) जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्‌गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए। इस्राएलीहरूले अङ्‌गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो। चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के। कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्‍चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो। तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ। अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्

गन्ती 13:21-29 पवित्र बाइबल (NERV)

यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो। त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो। चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्

गन्ती 13:21-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती मानिसहरू उत्तरतर्फ लागे। त्‍यस देशका दक्षिणमा सीनैको वनबाट पसेर उत्तरमा लेबो-हमात घाटीको छेउमा रहोबसम्‍म गई तिनीहरूले त्‍यहाँको भेद लिए। पहिले तिनीहरू त्‍यो देशको दक्षिण भागमा पसे र हेब्रोन पुगे। त्‍यहाँ अनाक वंशका अहीमन, शेशै र तल्‍मै वंशका मानिसहरू बस्‍थे। तिनीहरू दैत्‍यहरूजस्‍ता अग्‍ला र बलिया थिए। (मिश्रको सोअन सहरभन्दा सात वर्षअघि हेब्रोन सहर बसालिएको थियो।) तिनीहरू एश्‍कोलको बेसीमा पुगे र त्‍यहाँ अङ्‌गुरको एक झुप्‍पा भएको एउटा हाँगा काटे। ती अङ्‌गुर अत्‍यन्‍त गह्रौँ भएको हुनाले एउटा घोचा लाएर दुई जनाले त्‍यो हाँगा बोके। तिनीहरूले केही अनार र नेभाराका फल पनि ल्‍याए। (त्‍यस ठाउँको नाम एश्‍कोलको बेँसी राखियो किनभने त्‍यहाँ इस्राएलीहरूले अङ्‌गुरको त्‍यो झुप्‍पा काटेका थिए।) चालीस दिनसम्‍म त्‍यस देशको भेद लिएर जासूसहरू फर्के। तिनीहरू पारानको बनमा मोशा, हारून र इस्राएलका सारा समुदाय बसेका कादेश भन्‍ने ठाउँमा आए। तिनीहरूले आफूले देखेका सबै कुरा तिनीहरूलाई सुनाए र ल्‍याएका फलहरू देखाए। तिनीहरूले मोशालाई भने, “हामीले त्‍यो देश घुमेर खोजी गर्‍यौं, देश धनी र मलिलो छ, त्‍यसका केही फलहरू यहाँ छन्। तर त्‍यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्‍लाले सुरक्षित गरिएका छन्। त्‍यस बाहेक त्‍यहाँ हामीहरूले अनाकका सन्‍तान देख्‍यौं। देशको दक्षिण भागमा अमालेकीहरू बस्‍छन्, हित्ती, यबूसी र एमोरीहरू पहाडमा बस्‍छन्। अनि कनानीहरूचाहिँ भूमध्‍य सागरको नजिक र यर्दन नदीको किनारमा बस्‍दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्