नहेम्याह 6:17-18
नहेम्याह 6:17-18 पवित्र बाइबल (NERV)
ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए। किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका ज्वाईं थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।
नहेम्याह 6:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस बेला यहूदाका भारदारहरूले तोबियालाई धेरै पत्र पठाउँदैथिए। तिनीहरूले उनीबाट जवाफ पनि पाउँदैथिए। किनभने यहूदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा शकन्याहका जुवाइँ थिए। उनका छोरा येहोहानानले चाहिँ बेरेक्याहका छोरा मशुल्लामकी एउटी छोरीलाई विवाह गरेका थिए।
नहेम्याह 6:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए। तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।
नहेम्याह 6:17-18 पवित्र बाइबल (NERV)
ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए। किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका ज्वाईं थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।
नहेम्याह 6:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबैका बीचमा यहूदी अगुवाहरू तोबियासँग पत्र-व्यवहार गरिरहेका थिए। तोबियाको ससुरा आराको छोरा शकन्याह यहूदी थियो। त्यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्योबाहेक उसको छोरा यहोहानानले मशुल्लामकी छोरीसित विवाह गरेका थियो। मशुल्लाम बेरेक्याहको छोरा थियो।