नहेम्याह 6:10-19
नहेम्याह 6:10-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्नो घरभित्रै बन्द गरिएका थिए। तिनले भने, “हामी परमेश्वरको भवनभित्र, उहाँको मन्दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्— उनीहरू तपाईंलाई मार्न राती आउनेछन्।” तर मैले भनें, “के मजस्तो मानिस भाग्नु र? के मजस्तो मानिस बाँच्नलाई मन्दिरमा जानु र? म जान्नँ।” मलाई यस्तो प्रकाश भयो, कि परमेश्वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्। सन्बलत र तोबियाले तिनलाई यो कुरा भन्न भाड़ामा लिएका थिए। मेरो बदनाम गरेर अपमान गर्न मलाई धम्की दिएर उनीहरूको कुरामा सहमत भई पाप गर्न लाउनलाई तिनले रकम लिएका थिए। हे मेरा परमेश्वर, तोबिया र सन्बलतले जे गरेका छन् सो सम्झना राख्नुहोस्। साथै मलाई डर देखाउने चेष्टा गरिरहने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्। एलूल महिनाको पच्चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन बाउन्न दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए। त्यस बेला यहूदाका भारदारहरूले तोबियालाई धेरै पत्र पठाउँदैथिए। तिनीहरूले उनीबाट जवाफ पनि पाउँदैथिए। किनभने यहूदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा शकन्याहका जुवाइँ थिए। उनका छोरा येहोहानानले चाहिँ बेरेक्याहका छोरा मशुल्लामकी एउटी छोरीलाई विवाह गरेका थिए। तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे, र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे। अनि तोबियाले मलाई धम्की दिएर पत्रहरू पठाउँथे।
नहेम्याह 6:10-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।” तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!” तिनलाई परमेश्वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्ने कुरा मैले थाहा गरेँ। तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्। हे मेरा परमेश्वर, तोबियाह र सन्बलतले जे गरेका छन्, सो सम्झना राख्नुहोस्; मलाई डर देखाउने चेष्टा गरिरहने अगमवादिनी नोअदिया साथै अरू सबै अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्। यसरी एलुल महिनाको पच्चीसौँ दिनमा, जम्मा बाउन्न दिनमा पर्खालको निर्माण सिद्धियो। जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्वरको सहायताले गरिएको थियो भन्ने कुरा तिनीहरूले थाहा गरे। अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए। तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए। यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।
नहेम्याह 6:10-19 पवित्र बाइबल (NERV)
एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।” तर मैले भने, “के म जस्तो मानिस भाग्नु? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन्।” मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरूद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घूस दिएका रहेछन्। उसलाई यसकारण घूस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरोस् र पाप गरोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराम्रो नाउँ हुनेछ। हे परमेश्वर तिनीहरूले जे गरे, त्यसका निम्ती सम्बलत, तोबियाहलाई अनि नोअदियाह अगमवक्ता अनि अन्य अगमवक्ताहरू जसले मलाई भयभीत तुल्याउने कोशिश गरिरहेका थिए तिनीहरूलाई दण्ड दिनुहोस्। यसरी एलूल महिनाको 25औं दिनमा निमार्ण पूरा भयो। सो बनाउँन 52 दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें। ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए। किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका ज्वाईं थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए। तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।
नहेम्याह 6:10-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेलातिर म दलायाहको छोरा शमायाहलाई भेट्न गएँ। ऊ महेतबेलको नाति थियो र घरदेखि निस्कन सक्दैनथ्यो। उसले मलाई भन्यो, “हामी दुई गएर मन्दिरको पवित्रस्थानमा लुक्नुपर्नेछ, कारण तिमीलाई मार्न तिनीहरू आउँदै छन्। कुनै पनि रात तिमीलाई मार्न तिनीहरू आइपुग्नेछन्।” मैले उत्तर दिएर भनें, “म भाग्ने र लुक्ने खालको मानिस होइनँ। के म मन्दिरमा लुकेर आफ्नो प्राण बचाउनेछु भनी तिमी ठान्छौ? म कहिल्यै त्यसो गर्दिनँ।” तब मैले यो कुरामा विचार गरें। मैले बुझें कि परमेश्वर शमायाहसँग बोल्नुभएको थिएन तर तोबिया र सन्बलतले घुस दिएर उसलाई त्यसो भन्न लगाएका थिए। मलाई तर्साएर पाप गराउन शमायाहले घुस लिएको थियो। त्यसरी मेरो बदनाम गरेर तिनीहरू मेरो बेइज्जत भएको हेर्न चाहन्थे। मैले प्रार्थना गरें, “हे परमेश्वर, तोबिया र सन्बलतले गरेका काम याद राख्नुहोस् र तिनीहरूलाई दण्ड दिनुहोस्। मलाई धम्की दिएर तर्साउने नोअदिया नाम गरेकी नारी र अरू सबै अगमवक्ताहरूलाई याद गर्नुहोस्।” बाउन्न दिनसम्म काम गरेपछि एलूल भनिने महिनाको पच्चीसौं दिनमा पूरा पर्खाल बनिसिद्धिए। छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो। यी सबैका बीचमा यहूदी अगुवाहरू तोबियासँग पत्र-व्यवहार गरिरहेका थिए। तोबियाको ससुरा आराको छोरा शकन्याह यहूदी थियो। त्यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्योबाहेक उसको छोरा यहोहानानले मशुल्लामकी छोरीसित विवाह गरेका थियो। मशुल्लाम बेरेक्याहको छोरा थियो। मानिसहरू मेरो सामु आएर तोबियाले गरेका असल कामहरूका बारेमा भन्थे र मैले भनेका सबै कुराहरू उसकहाँ पुर्याउँथे अनि उसले मलाई धम्की दिएर चिठ्ठी पठाइरहन्थ्यो।