नहेम्याह 4:21-22
नहेम्याह 4:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी हामीले हाम्रो काम जारी राख्यौं। सूर्योदयदेखि सूर्यास्तसम्म आधा मानिसहरू भाला लिएर बसे। त्यस बेला मैले मानिसहरूलाई यसो पनि भनें, “हाम्रा निम्ति राती रक्षा गर्न र दिनमा निर्माण काम गर्नलाई हरेक मानिस र त्यसको सहायकले यरूशलेममा नै रात बिताओस्”
नहेम्याह 4:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी आधा मानिसहरूले भाला समातेर पहरा गरेको अवस्थामा, अरू आधा मानिसहरूले चाहिँ बिहान उज्यालो भएदेखि राति तारा देखा पर्न थालुन्जेलसम्म काम गरिरह्यौँ। त्यस बेला मैले मानिसहरूलाई यो पनि भनेँ, “राति हरेक मानिस र त्यसको सेवक यरूशलेमभित्र रहोस्, ताकि तिनीहरूले राति हाम्रो पहरेदारको रूपमा र दिउँसो कामदारको रूपमा सेवा गर्न सकून्।”
नहेम्याह 4:21-22 पवित्र बाइबल (NERV)
यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ। त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेवकहरूले यरूशलेममानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्।”
नहेम्याह 4:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी दिनहुँ बिहान घाम उदाएदेखि राती तारा ननिस्कुञ्जेलसम्म हामी आधासरो मानिस पर्खालमा काम गर्थ्यौं र आधासरो भाला लिएर पहरा दिन्थ्यौं। त्यति बेला मैले मुखियाहरूलाई भनें, “तिमीहरू राती आफ्ना मानिसहरूसँग यरूशलेमभित्रै बस्नुपर्छ, त्यसो गर्दा हामीले राती पहरा दिन सक्छौं र दिउँसो काम गर्न सक्छौं।”