नहेम्याह 4:16-17
नहेम्याह 4:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरूचाहिँ निर्माण गर्ने काममा लागे र अर्को आधाचाहिँ आफ्ना भाला, ढाल, धनु र झिलम लाएर तयार भइरहे। र अधिकृतहरूचाहिँ पर्खालको काममा लागेका यहूदाका सबै मानिसहरूका पछाड़ि तैनाथ थिए। भारी बोक्ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो।
नहेम्याह 4:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू काममा लागिरहे भने अर्को आधा भाग मानिसहरू भाला, ढाल, धनु र हतियारले सुसज्जित भइबसे; अनि यहूदाका सारा मानिसहरूको पछिल्तिर अगुवाहरू खडा भए, जुन मानिसहरूले पर्खाल बनाइरहेका थिए। सामान बोक्ने कामदारहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार बोक्थे।
नहेम्याह 4:16-17 पवित्र बाइबल (NERV)
त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए। भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।
नहेम्याह 4:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि मेरा मानिसहरूले आधासरो काम गर्थे र आधासरोले चाहिँ झिलम पहिरेर भाला, ढाल र धनु-काँड लिएर पहरा दिन्थे। हाम्रा अगुवाहरूले पनि पर्खाल बनाउने काममा लागेका मानिसहरूलाई पूरा आड, भरोसा र मद्दत दिए। पर्खाल बनाउने सामान बोक्ने भरियाहरू पनि एक हातले काम गर्थे र अर्को हातले हतियार बोक्थे।