नहेम्याह 4:14
नहेम्याह 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”
शेयर गर्नुहोस्
नहेम्याह 4 पढ्नुहोस्नहेम्याह 4:14 पवित्र बाइबल (NERV)
सबै कुरा हेरे पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। यादगर हाम्रा परमप्रभु महान् अनि शक्तिशाली हुनुहुन्छ। एका-अर्काको सम्मुख आफ्ना भाइहरू, आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाईं गर।”
शेयर गर्नुहोस्
नहेम्याह 4 पढ्नुहोस्नहेम्याह 4:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरू चिन्तित देखिन्थे। यसकारण तिनीहरूलाई र तिनका अगुवा र भारदारहरूलाई मैले यसो भनें, “शत्रुहरूसँग नडराऔं। हाम्रा परमप्रभु कति महान् र भययोग्य हुनुहुन्छ भनी याद गर र आफ्ना स्वदेशी भाइ-बन्धुहरू, छोरा-छोरीहरू, स्वास्नीहरू र घरका लागि लडाइँ गर।”
शेयर गर्नुहोस्
नहेम्याह 4 पढ्नुहोस्