नहेम्‍याह 3:13-19

नहेम्‍याह 3:13-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्‍दाहरूले मरम्‍मत गरे। तिनीहरूले त्‍यो पुनर्निर्माण गरे, र छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्‍मै चार सय पचास मिटर लामो पर्खाल मरम्‍मत गरे। फोहोर ढोकाचाहिँ बेथ-हक्‍केरेम जिल्‍लाका शासक रेकाबका छोरा मल्‍कियाहले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरी छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले। फुहारा ढोकाचाहिँ मिस्‍पा जिल्‍लाका शासक कोल-होजेका छोरा शल्‍लूनले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरेर त्‍यसका छाना लगाए, र त्‍यसका छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्‍मै मरम्‍मत गरे। तिनको छेउमा बेथ-सरको आधा जिल्‍लाका शासक अज्‍बूकका छोरा नहेम्‍याहले दाऊदका चिहानको सामुको एउटा जग्‍गा, बनावटी पोखरी र वीरहरूको घरसम्‍म मरम्‍मत गरे। तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्‍मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्‍लाका शासक हशब्‍याहले आफ्‍नो जिल्‍लाको निम्‍ति मरम्‍मत गरे। तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्‍लाका शासक हेनादादका छोरा बिन्‍नूईको अधीनमा मरम्‍मत गरे। तिनको छेउमा मिस्‍पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्‍नेदेखि मरम्‍मत गरे।

शेयर गर्नुहोस्
नहेम्‍याह 3 पढ्नुहोस्

नहेम्‍याह 3:13-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बेँसी ढोकाचाहिँ हानून र जानोह सहरका बासिन्दाहरूले मर्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे; अनि छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनीहरूले फोहोरी मूलढोकासम्म नै एक हजार क्यूबिट लामो पर्खाल मर्मत गरे। घुरान मूलढोकाचाहिँ मल्कियाह रेकाबका छोरा, बेथ-हक्‍केरेम जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरेर त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए। फोहरा मूलढोका शल्‍लूम कोल-होजेका छोरा, मिस्पा जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरे। त्यसमाथि छाना लगाए र त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए। तिनले राजाको बगैँचाको छेउको सिलोआमको पोखरीको पर्खालहुँदै दावीदको सहरबाट तल झर्ने खुड्‌किलाहरूसम्मै मर्मत गरे। तिनको पछिको भाग नहेम्याह अज्बूकका छोरा, बेथ-सूरको आधा जिल्‍लाका शासकले दावीदका राजकीय चिहानहरूका सामु बनावटी पोखरी र वीर लडाकुहरूका घरसम्म मर्मत गरे। तिनको छेउको भाग बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मर्मत गरे। तिनको छेउको भाग कीलाहको आधा जिल्‍लाका शासक हशब्याहले आफ्नो जिल्‍लाको निम्ति मर्मतको काम गरे। तिनको छेउको भाग तिनीहरूका सङ्गी-लेवीहरूले कीलाह जिल्‍लाका शासक बाव्वै हेनादादका छोराको अधीनमा मरमत गरे। तिनको छेउको भाग एजेर येशूअका छोरा, मिस्पा सहरका शासकले हतियार भण्डारतिर जाने छेउको सामुदेखि अर्को पर्खालको कुनाको भागसम्म मर्मत गरे।

शेयर गर्नुहोस्
नहेम्‍याह 3 पढ्नुहोस्

नहेम्‍याह 3:13-19 पवित्र बाइबल (NERV)

हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे। रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए। कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे। तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे। तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे। तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे र हेनादादका छोरा बिन्नुईले जो कोलाका आधा जिल्लाका शासक थिए। अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।

शेयर गर्नुहोस्
नहेम्‍याह 3 पढ्नुहोस्

नहेम्‍याह 3:13-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बेसीको मूल-ढोका हानून र जानोह सहरका बासिन्‍दाहरूले बनाए। तिनीहरूले फाटकहरू ठीक ठाउँमा बसाले, ती बन्‍द गर्ने छेस्‍किनी र आग्‍लाहरू लगाए र चार सय चालीस मिटर पर्खाल मर्मत गरेर घुर्‍याने-ढोकासम्‍म लगे। घुर्‍याने-ढोकाचाहिँ बेथ-हक्‍केरेम जिल्‍लाका शासक रेकाबको छोरा मल्‍कियाहले बनाए। उनले फाटकहरू ठीक ठाउँमा बसालेर ती बन्‍द गर्ने छेस्‍किनी र आग्‍लाहरू लगाए। मिस्‍पा जिल्‍लाका शासक कोल-होजेको छोरा शल्‍लूनले फोहोरा ढोका बनाए। उनले फाटकको प्रवेश— द्वारमाथि छाना हाले, फाटकहरू बसाले र छेस्‍किनी र आग्‍लाहरू लगाए। सिलोआमको पोखरीनिर राजाको बगैँचाछेउको पर्खाल बनाएर उनले दाऊदको सहर पस्‍ने खुट्‌किलाहरूसम्‍म मरमत गरे। आधा बेथ-सर जिल्‍लाका शासक अज्‍बूकको छोरो नहेम्‍याहले अर्को हिस्‍सा बनाएर दाऊदका चिहान, पोखरी र सेनाका छाउनीसम्‍म मर्मत गरेर लगे। त्‍यसपछि पर्खालका अरू हिस्‍साहरू यी लेवीहरूले मरमत गरे: बानीको छोरा रेहूमले एक हिस्‍सा, आधा कीलाह जिल्‍लाका शासक हशब्‍याहले अर्को हिस्‍सा, बाँकी आधा कीलाह जिल्‍लाका शासक हेनादादको छोरो बिन्‍नूईले अर्को हिस्‍सा र अर्को हिस्‍सा मिस्‍पाका शासक येशूअका छोरा एसेरले सिलखानाको अघिल्‍लो भाग मरमत गरेर पर्खाल घुमेको ठाउँसम्‍म बनाएर लगे।

शेयर गर्नुहोस्
नहेम्‍याह 3 पढ्नुहोस्