नहेम्याह 2:19-20
नहेम्याह 2:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?” तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।”
नहेम्याह 2:19-20 पवित्र बाइबल (NERV)
जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?” मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी यरूशलेम माथि छैन।”
नहेम्याह 2:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर जब सन्बलत, तोबिया र गेशेम नाम गरिएको एक जना अरबीले हामी के गर्न आँटेका छौं भनी सुने, तिनीहरूले हाम्रो हाँसो उडाए र भने, “तिमीहरूले के गर्न लागेका छौ? के तिमीहरू राजाको विरुद्ध विद्रोह गर्ने?” मैले उत्तर दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल गराउनुहुनेछ। हामी उहाँका सेवकहरू हौं अनि सहर र पर्खाल बचाउन सुरु गर्न लागेका छौं। तर यरूशलेममा भएका कुनै सम्पत्तिमाथि तिमीहरूको अधिकार छैन, यसको परम्परामा पनि तिमीहरूको केही भाग छैन।”