नहेम्याह 2:11-13
नहेम्याह 2:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म यरूशलेममा पुगें र त्यहाँ मैले तीन दिनसम्म पर्खेपछि आफूसँग केही मानिसहरू लिएर राती निस्कें। तर यरूशलेमको निम्ति मेरो मनमा मेरा परमेश्वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन। म राती बेँसी ढोकाबाट बाहिर निस्कें, र यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्यालको पोखरीतिर गएँ।
नहेम्याह 2:11-13 पवित्र बाइबल (NERV)
यसकारण म यरूशलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ। त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यरूशलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैछ त्यो मैले कसैलाई भनेको थिइन। म चढिरहेको पशुबाहेक कुनै पशुहरू मसित थिएनन्। राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामुन्ने भएर घुर्याने-मूल ढोका सामुन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।
नहेम्याह 2:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म यरूशलेममा पुगें। त्यहाँ तीन दिनसम्म मैले कसैलाई परमेश्वरले मलाई यरूशलेममा के गर्न पठाउनुभएको हो भन्ने बारेमा केही भनिनँ। तब मध्यरातमा केही मानिसहरू साथमा लिएर म बाहिर निस्कें। मैले चढेको एउटा गधाबाहेक अरू पशु हामीसँग थिएन। पश्चिमपट्टि बेसीको मूल-ढोकाबाट म राती सहरदेखि निस्कें। दक्षिणतर्फ अजिङ्गरे भनिने पानीको फोहोरा नाघेर म घुर्याने मूल-ढोकासम्म गएँ। बाटामा मैले सहरका भत्केका पर्खाल र आगाले नष्ट भएका फाटकहरू हेरेर जाँच गरें।