नहेम्याह 1:3-4
नहेम्याह 1:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।” यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
नहेम्याह 1:3-4 पवित्र बाइबल (NERV)
तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।” जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।
नहेम्याह 1:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्टमा छन्, छेउ-छाउमा बस्ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्केकै छ र आगाले नष्ट भएको दिनदेखि आजसम्म त्यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने। यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्वरलाई प्रार्थना गरें