मर्कूस 9:36-37
मर्कूस 9:36-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि एक जना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
मर्कूस 9:36-37 नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस्ता साना बालकहरूलाई मेरो नाउँमा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
मर्कूस 9:36-37 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो, “यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
मर्कूस 9:36-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उहाँले एउटा सानो बालकलाई तिनीहरूको अगाडि ल्याउनुभयो र त्यसलाई काखमा लिएर चेलाहरूलाई भन्नुभयो, “मेरो नाउँमा यस्ता बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ अनि मलाई स्वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्वागत गर्छ।”