मर्कूस 8:34-35
मर्कूस 8:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले आफ्ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
मर्कूस 8:34-35 नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
मर्कूस 8:34-35 पवित्र बाइबल (NERV)
तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
मर्कूस 8:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशूले आफ्ना चेलाहरू र त्यहाँ भएका मानिसहरूलाई बोलाएर भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।